सिलगढी: स्पेशल अपरेशन ग्रुप (एसओजी) को एउटा टीमले अभियान चलाएर धेरै मात्रामा नशालु पदार्थ ब्राउन सुगर र नगद रूपियाँ सहित दुईजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू मालदा निवासी साकेत मिश्रा (26) र सिलगढीको बाघडुग्रा निवासी बापी शर्मा (28) को रूपमा चिन्हित गरिएको छ। एसओजी सूत्रले दिएको जानकारी अनुसार दुवै आरोपीलाई गत 29 अगस्त विशेष अभियान चलाएर मतिगढा थाना इलाकाबाट 190 ग्राम ब्राउन सुगर अनि नगद 1 लाख 35 हजार रूपियाँसँगै पक्राउ गरिएको हो।आरोपीहरूबाट पुलिसले एउटा स्कूटी पनि जफत गरेको छ। मतिगढा थानामा पक्रा परेका आरोपी साकेत मिश्रा र बापी शर्मालाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर सिलगढी अदालतमा पेश गरियो। अदालतले दुवै जनालाई सात दिनको हिरासतमा पठाइदिएको छ। पुलिस सूत्र अनुसार पक्रा पर्नेहरू दुवै ड्रग्स पेडलर हुन्। यिनीहरूले बाहिरबाट नशालु पदार्थ ल्याएर सिलगढीमा बिक्री गर्ने गर्दथे। पुलिसले हिरासतंमा लिएका आरोपीहरूसित सोधखोज गर्नको साथै सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताइएको छ।