नक्सलबारी, 19 मार्चः बाघडुग्रा थाना पुलिसले महिला सहित दुई जना मादक पदार्थ तस्करलाई ब्राउन सुगर तस्करी गर्न अगावै पक्राउ गरेको छ। पक्रा परेका महिलाको नाम तलसिमा खातुन, नक्सलबारीको तोतराम जोतका वासिन्दा र मोहम्मद अन्सारुल फाँसीदेवा मालगछ क्षेत्रका वासिन्दा हुन्।
जानकारी अनुसार, मालदाबाट ब्राउन सुगर ल्याएर नक्सलबारीमा तस्करी गर्ने तिनीहरूको योजना थियो। तर त्यस अगावै बाघडुग्राको सिङ्गीझोडा मोडबाट दुवै जनालाई पुलिसले पक्राउ गरिएको छ। दुवै जनाको जाँच गर्दा महिलाको टिफिन बक्सबाट 103 ग्राम ब्राउन सुगर फेला पर्योव। यसको साथै, दुई वटा मोबाइल फोन, परिचय पत्र र नगद रूपियाँ पनि बाघडुग्रा थाना पुलिसले उद्धार गरेको छ।
पक्रा पर्नेहरूलाई एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ। आज तिनीहरूलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। यसको साथै बाघडुग्रा पुलिसले सम्पूर्ण घटनाको जाँच गरिएको छ।