फाँसीदेवा (निसं): बुरीबालासन नदीमा डुबेर निखोज भएका दुई जना बालकहरू मध्ये एक जनाको शव एनडीआरएफ-का जवानहरूले आज उद्धार गरेको छ। स्मरण रहोस, फाँसीदेवा ब्लक अन्तर्गत विधाननगरको चिकनमाटी इलाकास्थित बुरीबालासन नदीमा आइतबार 5 जना साथीहरू नुहाउन गएका थिए। यस अवधि दुईजना किशोर नदीले बगाएर लगेको थियो। घटनाको खबर पाएर विधाननगर पुलिस घटनास्थलमा पुगेर ती नदीले बगाएका निखोज बालकहरूको खोजी शुरू गरेको थियो। एनडीआरएफ-का जवानहरूले आज बिहानदेखि नै नदीमा ती बालकहरूको खोजी शुरू गरेका थिए। यसै अवधि देवाशीष सिंह नाम गरेको एकजना बालकको शव उद्धार गरेको छ। तथापि, हालसम्म निखोज पवित्र सिंहको पत्तो लागेको छैन। बालकको शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। अन्य निखोज बालकको खोजी पनि जारी रहेको बताइएको छ।