सिलगढी : व्यवसायीलाई ठगेको आरोपमा एनजेपी थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति दिलीप बन्सलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 26 जनवरीमा दिलीप बन्सनले आफूलाई सिलगढी नयाँ बजार इलाकाको एकजना प्रतिष्ठित व्यवसायी भन्दै फुलबारीको इलायची व्यवसायी प्रदीप डागालाई आफ्नो परिचय दिए। यसपछि दिलीपले प्रदीप डागाको विश्वास जितेर लगभग 11 लाख रुपियाँ मूल्यको 30 ब्याग इलायची लगेको आरोप रहेको छ। तिनले 3 दिनको अवधिमै उक्त इलायचीको रुपियाँ दिने व्यवसायी प्रदीपलाई बताए। यसको केही दिन बितिसक्दा पनि रुपियाँ नपाएपछि प्रदीपले आफू ठगीको शिकार भएको थाहा पाए। यसपछि तिनले एनजेपी थानामा यसबारे लिखित अभियोग दर्ता गरे। दिलीप बन्सलले यसबारे थाहा पाएपछि अज्ञात ठाउँमा लुकेर बसेका थिए। अन्ततः हिजो सिलगढीको प्रणामी मन्दिर रोड इलाकास्थित तिनको घरबाट पुलिसले तिनलाई पक्राउ गर्यो।
