सोनादा (निसं): अप्पर सोनादा डाँडा गाउँ मन्दिर लाइन निवासी 12 वर्षीय बालिका अरुण छेत्री ब्लड क्यानसर रोगले ग्रसित भएको खबर पाएपछि आशारिका फाउन्डेशन रङ्गबुल सोनादा सहयोगको लागि अघि आएको छ। बिमारीको परिवार आर्थिक अवस्थाले कमजोर रहेकोले आशारिका फाउण्डेशनको तर्फबाट 10 हजार रूपियाँ आर्थिक सहयोग परिवारलाई हस्तानन्तरण गरियो। यस अवधि आशारिका फाउण्डेशन रङ्गबुलका सभापति रित्विक तामाङ, सचिव रुपेश छेत्री, सदस्य आरबी लामा लगायत अन्य उपस्थित थिए। भेलोरस्थित क्रिश्चियन मेडिकल कलेजमा नानीको जाँच खर्चको लागि पनि पाउन्डेशनको तर्फबाट सहयोग पुर्याउने परिवारलाई वचन दिएको छ।