सोनादा (निसं): हाल बन्द अवस्थामा रहेको चियाबारी बीचगाँउ रंगबूक सोनादा निवासी 52 वर्षीय घाँटीको क्यान्सर रोगी राजेन सुब्बालाई आशारिका फाउण्डेसन सोनादा रङ्गबुलले आर्थिक सहयोग प्रदान गऱ्यो। फाउण्डेसनको तर्फबाट रोगीको परिवारलाई भेट गरेर आज सहयोग स्वरूप 10 हजार रूपियाँ हस्तानन्तरण गरियो। यस अवसरमा आशारिका फाउण्डेशन सोनादा रङ्गबुलका सभापति रित्विक तामाङ, प्रचार प्रसार सन्तोष लामा र आरबी लामा उपस्थित थिए।