कार्डसित आधार लिङक अनि राशन कार्डको संशोधन

सुकेपोखरी : सुके पोख्रेबुङ क्षेत्रमा पनि डिजिटल राशन कार्डसित आधार कार्ड लिङक अनि राशन कार्ड संशोधन गराउने प्रक्रियाको घर दैलो अभियान शुरू गरिएको छ। कतिपय घरहरुमा प्राविधिक गढबढी हुने भएकोले गर्दा प्रत्येक घरमा गएर उक्त कार्य गर्न असम्भव भएपछि गाउँका स्कुल अनि सार्वजनिक भवनहरुमा यस प्रकारको कार्य भइरहेको छ। पोख्रेबुङ ग्राम पञ्चायत तीनद्वारा हिजो मगरजोङ तल्लो विभाग बहादुर गाउँ सार्वजनिक भवनमा उक्त कार्य सम्पन्न गरियो। घर दैलो अभियानको क्रममा आज मगरजोङ शंखमान गाउँमा, त्यसपछि मगरजोङ माथिल्लो विभाग, धजे बस्ती अनि कमान साथै मलट पुलबजारमा उक्त कार्य गर्दै सबैको घर-गाउँमा पुग्ने पञ्चायत कर्मी लाक्पा दोर्जे तामाङले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *