सेन्ट्रल ब्याङ्क अफ इन्डियाको स्थापना दिवसमा दृष्टिहीन विद्यालयका विद्यार्थीहरूलाई कम्बल वितरण

विधाननगर : सेन्ट्रल ब्याङ्क अफ इन्डियाको 111औँ स्थापना दिवसको उपलक्ष्यमा विधाननगर सेन्ट्रल ब्याङ्कको तर्फबाट भीमभार स्नेहाश्रम दृष्टिहीन विद्यालयका विद्यार्थीहरूलाई कम्बल वितरण गरियो। यसको साथै स्कुलका शिक्षक तथा विद्यार्थीहरूलाई सुक्खा खानेकुरो तथा फलहरू वितरण गर्यो। यस अवसरमा सेन्ट्रल ब्याङ्क अफ् इन्डियाको सिलगढी क्षेत्रीय प्रबन्धक अशनी मोरलिया, डेपुटी क्षेत्रीय प्रबन्धक मोहम्मद ताबिस हुसेन, विधान नगर ब्राञ्चका प्रबन्धक भास्वती नन्दी लगायत अन्य उपस्थित थिए। स्कुलका शिक्षक अनन्त रायले भने, ठण्डाको मौसममा स्कुलका विद्यार्थीहरूलाई ब्याङ्कको तर्फबाट कम्बल वितरण गरियो। ती कम्बल पाएर विद्यार्थीहरू निक्कै खुसी हुनको साथै ब्याङ्क कर्तृपक्षलाई तिनीहरूले धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *