चालकको लापर्वाहीले बस दुर्घटनामा 3 जनाको मृत्यु, धेरैजना घाइते

सिलगढी : लरीको धक्काले सरकारी बसमा सवार 3 जना यात्रीको मृत्यु भएको छ। उक्त दुर्घटना सिलगढी महकुमाको फाँसीदेवा ब्लकको विधाननगर अस्पतालदेखि टाढा राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारीअनुसार एउटा सरकारी बस कोलकाताबाट कुचबिहारतर्फ गइरहेको समय विधाननगरको राष्ट्रिय राजमार्गमा एउटा लरीले पछिल्तिरबाट धक्का दिँदा बसमा सवार 3 जना यात्रीको मृत्यु भएको बताइएको छ। दुर्घटनामा बसको अघिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाको खबर पाएर पुलिस र दमकल कर्मी घटनास्थलमा पुगेर 3 जनाको मृतदेह उद्धार गरे। दुर्घटनापछि बस चालकले घटनास्थलबाट चम्पट कसेको बताइएको छ। उक्त बस चालकले द्रुत गतिमा बस चलाउनको साथै बेला-बेला मोबाइलमा बोल्दै एउटा हातले स्टियरिङ व्हील पक्रेर यात्रुहरूको कुनै पर्वाह नगरेको यात्रीहरूको अभियोग रहेको छ। पुलिसले शवहरू उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ भने उक्त घटनामा धेरैजना यात्रीहरू घाइते भएका छन्। प्रशासनको तर्फबाट घाइते यात्रीहरूको उपचारको व्यवस्था गरेको छ भने धेरैजनालाई उपचारको लागि मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले आरोपी बस चालकको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş