चलचित्र उद्योग अनि खेलकुदलाई विकसित गर्न राज्य सरकार र जीटीएसित अनुरोध गर्नेछु: एलबी राई

मिरिक (निसं): हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान तथा मिरिक नगरपालिका अध्यक्ष एलबी राई कलकत्ता भ्रमण समाप्त गरेपछि मिरिक फर्की आइपुगेका छन्। मिरिकमा तिनले पत्रकारहरूसित कुरा गर्दै आफ्नो भ्रमणबारे भने, पार्टीको एउटा कार्यक्रममा सहभागी बन्न कोलकाता गएको थिए अनि कार्यक्रम समाप्त भएपछि तृणमूल कङ्ग्रेसका नेतृत्व अनि केही मन्त्रीहरूसित भेटवार्ता गरे। कोलकातामा मन्त्रीहरूसितको भेटवार्ता अवधि विशेष गरेर आगामी पञ्चायत चुनाउ अनि साङ्गठनिक विषयमा चर्चा भएको तिनले जानकारी गराउँदै पार्टीले आगामी दिनहरुमा जस्तो निर्देश जारी गर्छ सोही अनुरूप पार्टीगत कार्यक्रमहरू गर्ने बताए। अर्कोतिर, मिरिक हाल चलचित्र उद्योगमा विकसित बन्दै गएकोमा तिनले खुशी प्रकट गर्दै यसले यहाँको पर्यटन उद्योगलाई पनि विकसित गर्न टेवा पुग्नेछ भनि बताए। चलचित्र उद्योगमा हाल धेरैले रुचि देखाएको अनि धेरै प्रतिभावान मानिसहरू यस उद्योगमा लागिपरेको कारण नै पहाडबाट हाल धेरै चलचित्रहरू निर्माण भइरहेको तिनले बताए। हाल आफ्नै बलबुतामा यहाँ चलचित्र उद्योगमा लागेकाहरूले कार्य गरिरहेको भए तापनि भविष्यमा यहाँको चलचित्र उद्योग अनि खेलकुदलाई विकसित गर्न राज्य सरकार अनि जीटीएसित अनुरोध गरिने तिनले अवगत गराए। तिनले मिरिकमा रंगशाला भवनको उद्घाटन भएपछि नै मिरिकमा पनि चलचित्रहरू प्रदर्शन हुन थालेको हो भन्दै यो मिरिकको चलचित्र उद्योगको निम्ति ठूलो उपलब्धि रहेको बताए। मिरिकलाई विकसित बनाउनको लागि सबैले प्रयास गर्नुपर्छ भन्दै मिरिकको आले खेल मैदानलाई पनि व्यवस्थित बनाउनको लागि आफुले जीटीए अनि राज्य सरकारसित कुरा गर्ने तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibombaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom