चामोङ चियाकमानको हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

सुकेपोखरी : लोहिया कम्पनीको स्वामित्वमा रहेको चामोङ ग्रुप अफ् गार्डन अन्तर्गत चामोङ चियाबारीको पहलमा सम्पन्न एउटा कार्यक्रमबीच एफपीसी-द्वारा उपलब्ध गराइएको अक्सिजन कन्सन्ट्रेटर कमानको हस्पिटललाई हस्तान्तरण गरियो। प्रबन्धक एवम् एफपीसी सभापति एसआर चौधरीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा सह प्रबन्धक निक्की सावन राई, आन्तरिक लेखा परीक्षक सौरभ दत्त, औषधालय प्रभारी प्रदीप कुमार राई, उमा तामाङ, एफपीसी सचिव दिलीप कुमार राई आदिको विशेष उपस्थिति रहेको थियो। पुसुम्बेङ फेयरट्रेड वेलफेयर ट्रस्ट अन्तर्गत फेयरट्रेड प्रिमियम कमिटी चामोङ शाखा पदाधिकारी प्रतिनिधि साथै जीबी मेम्बरहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सौरभ दत्तले अक्सिजन कन्सन्ट्रेटरको उपयोगिताबारे प्रकाश पारे। सञ्जिव छेत्रीको स्वागत भाषणपछि शुरू गरिएको कार्यक्रममा निक्की सावन राईले यस परियोजना सञ्चालन गर्न जीबी मेम्बर, एफपीसी मेम्बर आदिको अहम भूमिका रहेको बताए। फेयर ट्रेड अफिसर आईजी घोष, म्यानेजर सस्टेनेबेलिटी प्रसनजीत ब्यानर्जी, सौरभ दत्त आदिको पनि उल्लेखनीय भूमिका रहेको बताए। कार्यक्रम अध्यक्ष एसआर चौधरीले कोभिड 19-को यस महामारीमा सुदुर दुर्गम क्षेत्रमा रहेका श्रमिक तथा तिनीहरूको परिवार सिकिस्त भएको खण्डमा तिनीहरूको स्वास्थ्य तथा श्वास प्रश्वास सूचारू गर्न उक्त कन्सन्ट्रेटर धेरै उपयोगी हुने बताए। कार्यक्रमलाई स्वास्थ्य विभागीय प्रभारी तथा  अन्यले पनि सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *