सिलगढी : चाँदमुनि उत्तरायण वेलफेयर सोसाइटीको तर्फबाट उत्तरायणस्थित बिरला दिव्य ज्योति स्कुलमा तीन दिवसीय कोभिड टीकाकरण शिविरको आयोजना गरियो। मेडिका नर्थ बेङ्गाल क्लिनिकको सहयोगमा आयोजित यस टीकाकरण शिविरको सिलगढी नगरनिगमका प्रशासक गौतम देवले गरे। उक्त शिविरमा उत्तरायणमा बसोबास गर्ने 2 हजारभन्दा अधिक मानिसहरूलाई कोरोनाको खोप लगाइनेछ। यसबाहेक उत्तरायणको घरहरूमा काम गर्ने सबै कर्मचारीहरूलाई पनि कोरोनाको टीका लगाइनेछ। गौतम देवले उक्त कोरोना टीकाकरण अभियानको प्रशंसा गरे। चाँदमुनि उत्तरायण वेलफेयर सोसायटीका अध्यक्ष श्रवण चौधरीले बताएअनुसार सिलगढीमा सम्भवतः यो सबैभन्दा ठुलो टीकाकरण अभियान हो। यस अभियानमा कोरोना प्रोटोकलमाथि विशेष ध्यान दिइरहेको छ भने उक्त अभियानलाई सफल बनाउनमा चाँदमुनि उत्तरायण वेलफेयर सोसाइटीका सबै कार्यकारिणी सदस्यहरू लगायत लायन्स क्लब अफ् उत्तरायण सेन्टेनियलको विशेष योगदान रहेको छ।