च्यानलको पाँचौ स्थापना दिवस पालन

खरसाङ : खरसाङको स्थानीय च्यानल नमस्ते खरसाङको आज पाँचौ स्थापना दिवस पालन गरियो। विगत 7 अगस्त 2016 मा स्थापना भएको नमस्ते खरसाङ च्यानलले पाँच वर्ष पूरा गरेको अवसरमा एउटा कार्यक्रम आयोजना गरिएको थियो। वरिष्ठ पत्रकार एवम् प्रेस क्लब अफ् खरसाङको सभापति मुरारीलाल पञ्चम र पण्डित तुलसी अधिकारी विशेष रुपमा उपस्थित थिए। नमस्ते खरसाङ च्यानलका पाँचौ वर्षगाँठ प्रबन्ध निर्देशक निर्मल गुरूङ, सम्पादक सबिना गिरी, अतिथिद्वय तुलसी अधिकारी र मुरारीलाल पञ्चम लगायत अन्यको उपस्थितिमा केक काटेर पालन गरियो। यस अवसरमा पण्डित तुलसी अधिकारी र पत्रकार मुरारीलाल पञ्चमको बाहुलीबाट नमस्ते खरसाङका सबै पत्रकार सहित न्युज रिडर्सहरू, क्यामेरा म्यान, तिक्निकी विभाग र कार्यक्रम प्रस्तोतालाई खदार्पणसहित सबैलाई सम्मान जनाइयो।  कार्यक्रममा पत्रकार सुवास छेत्री र युवराज सुन्दासले नमस्ते खरसाङको विषयमा छोटो वक्तव्य राखे भने नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरूङले च्यानलको स्थापनाकालदेखि सम्पूर्ण विवरण आफ्नो वक्तव्यमा राखे।  कार्यक्रममा नमस्ते खरसाङसित सम्बन्धित पत्रकारहरू लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *