चरस तस्करी गर्ने दुईजना महिलालाई सुनाइयो 6 वर्ष कारावासको सजाय

सिलगढी: सिलगढीको एनडीपीएस कोर्टले अन्ततः 5 वर्षपछि आज चरस तस्करीको आरोपमा पक्रा परेका 2 जना आरोपी महिलालाई 6 वर्षको कारावासको सजाय सुनाएको छ। दुई महिला बसन्ती मगर र सावित्री मगर विरुद्ध मादक पदार्थ तस्करी गरेको आरोप प्रमाणित भएपछि आज न्यायाधीशले तिनीहरूलाई 6 वर्षको जेल कारावास, 10 हजार रुपियाँ जरिमाना साथै जरिमान नदिएको खण्डमा 1 महिनाको अतिरिक्त कारावासको सजाय सुनाएको छ। कोर्टले उक्त फसेला सुनाउन अगावै ती दुई महिलामध्ये बसन्ती मगरको केही वर्षअघि मृत्यु भइसकेको बताइएको छ। स्मरण रहोस्, गत 14 जुलाई 2015-मा इन्डो-नेपाल बोर्डर पानीट्याङ्की नजिक एसएसबीका जवानले एउटा यात्री सवार वाहन रोकेर छानबीन गर्दा तिनीहरूसित रहेको एउटा ब्यागबाट मोठ 10 प्याकेट चरस उद्धार गरेको थियो भने प्रत्येक प्याकेटको ओजन 1 किलो रहेको बताइएको छ। यसपछि एसएसबी टीमले ती दुई महिलालाई पक्राउ गरेर खोरीबारी थानालाई सुम्पिदिएको थियो भने खोरीबारी थाना पुलिसले मामिलाको छानबीन गरिरहेको थियो। 5 वर्षदेखि सिलगढी अदालतमा यी दुई महिला विरुद्ध चरस तस्करी गरेको आरोपमा मामिलाको सुनवाई चलिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş