सिलगढी (निसं): सिलगढीमा 12 वर्षीय छात्राको अपहरण गरेर हत्या गर्ने मुख्य आरोपीलाई आजसम्म पनि पक्राउ गर्न नसकेपछि विभिन्न संघ-संस्थान लगायत राजनैतिक पार्टीहरूबाट प्रशासनप्रति लगातार दबाउ बढिरहेकोले गर्दा अब आरोपीको खोजीमा पुलिस जोडतोडले लागी परेको देखिन्छ। यसैबीच, सिलगढी प्रधाननगर थाना पुलिसको एउटा टीम गोप्य सूचनाको आधारमा आन्ध्रप्रदेश पुगे तापनि अहिलेसम्म आरोपी पुलिसको हातमा पर्न सकेको छैन्।
अर्कोतिर, छात्राको शव भेट्टाइएको लगभग 10 दिनपछि आज मामिलाको जाँच गर्न 4 सदस्यीय फरेन्सिक टीम पनि घटनास्थल सुकनाको खैरानीमा पुगेको थियो। त्यहाँ तिनीहरूले रगतको नमूना अनि माटो संग्रह गरे। यसवाहेक घटनास्थलमा खुबै गहनताको साथमा टोलीका सदस्यहरूले स-साना सबै कुराको राम्ररी जाँच गर्नको साथै प्रमाण संग्रह गऱ्यो। फरेन्सिक टीमको रिपोर्टमा अब के सामु आउनेछ भन्ने कुराको सबैजना पर्खाइमा रहेको देखिन्छ।