सिलगढी : मतिगढामा नाबालिक छात्रा हत्याकाण्डको पीडित परिवारका सदस्यहरूसित आज राज्यपाल सीभी आनन्द बोसले भेट गरे। राज्यपाल आज कोलकाताबाट विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै मृतक छात्राको घरमा पुगेर लगभग आधा घण्टासम्म नाबालिका छात्राको आमा-बाबुसित कुराकानी गरे। यसपछि तिनी त्यहाँबाट सिलगढी स्टेट गेस्ट हाउसमा पुगेर पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, कुनै पनि केटीसित यस प्रकारको घटना हुनु उचित होइन। घटनामा नाबालिकाले ज्यान गुमाउनुपर्यो। सरकार तथा मुख्यमन्त्रीले महिला अनि नानीहरूको सुरक्षाको लागि आवश्यक कदम उठाउनेछ। यस घटनालाई लिएर राजनीति गर्नु उचित होइन।