खरसाङ (निसं) : सिलगढीको मतिगढ़ामा भएको छात्रा हत्याकाण्डको विरोधमा खरसाङ खण्डको सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा प्रतिवाद जुलूस निकालिइयो। उक्त प्रतिवाद जुलूसमा सिटोङ एक ग्राम पञ्चायतका विभिन्न गाउँहरु क्रमैले स्कूल गाउँ, बञ्जरे डाँडा, डायरी गाउँ, सेब्जे, गुरुङ गाउँ, तामाङ गाउँ, अप्पर साथै लोवर छम्बी अनि तकलिफ गाउँबाट नारीहरुले आफ्नो उपस्थिति दिएका थिए। उक्त जुलूसमा नव निर्वाचित सिटोङ एक ग्राम पञ्चायत प्रधान सुशील सुब्बाले पनि आफ्नो उपस्थिति दिएका थिए।
उक्त विरोध जुलूस कार्यक्रममा सिटोङ एक ग्राम पञ्चायत क्षेत्रमा भएको थियो। उक्त जुलूसपछि पथसभा सम्पन्न भएको थियो, जसमा जुलूसको औचित्यबारे सन्ध्या आचार्यले सम्बोधन गरिन्। मिशन खास प्राइमेरी स्कूलबाट शुरु भएको उक्त प्रतिवाद जुलूसलाई एस्तर लेप्चा, देबिका छेत्री, लक्ष्मी तामाङले अगुवाई गरेकी थिइन्।