छात्रा हत्याको प्रतिवादमा सोनादा बजार बन्द, मोमबत्ती बालेर श्रद्धाञ्जलि अर्पण

सोनादा (निसं): सिलगढीको मतिगढामा नाबालिक छात्राको निर्माण हत्या गरिएको प्रतिवादमा आज सोनादामा मोमबत्ती बालेर मृतक छात्राको आत्मा शान्तिको कामना गर्दै उक्त घटनाको विरोध जनाइयो। यसैक्रममा आज सोनादा बजार बन्द रह्यो । आज सम्पुर्ण राजनैतिक दल, संघ संस्था, समाज, सर्वसाधारण सबै एउटै मञ्चमा उभिएर उक्त घटनाको घोर विरोध गर्दै दुई मिनटको मौन धारण गरेर मृत आत्माले शान्ति पाओस् साथै शोकाकूल परिवारप्रति समवेदना प्रकट गरे। यस अवसरमा दोषीलाई मृत्यु दण्ड दिनुपर्छ भन्ने सबैले माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *