चिटफण्ड घोटालामा असमबाट एकजना पक्राउ

सिलगढ़ी: सिलगढी लगायत राज्यका अन्य ठाउँहरू अनि असममा रियल एस्टेटको नाममा चिटफण्डको माध्यम करोड़ो रुपियाँ ठगेको आरोपमा सीबीआई-को उत्तर बंगाल टीमले असमबाट सिद्धार्थ नागलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार आरोपीलाई गुवाहटीबाट विमानमार्फत शुक्रवार ट्रान्जिट रिमान्डमा सिलगढ़ी ल्याइएको छ। पक्रा परेका आरोपीलाई हाल सीबीआईले सिलगढ़ीस्थित आफ्नो कार्यालयमा राखेको छ। पक्रा पर्ने व्यक्ति सिद्धार्थ नाग सेवा रियल एस्टेट लिमिटेड नामक कम्पनीका प्रबन्धन निदेशक हुन् भनी बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO