चितुवाको आतङ्कमा खोरीबारी ब्लकको बुधसिंह जोतका मानिसहरू

खोरीबारी : खोरीबारी ब्लकको बतासी अन्तर्गत फुलबारी चियाकमानको बुधसिंह जोतमा चितुवाको आतङ्कमा मानिसहरूले दिन बिताइरहेका छन्। प्राप्त जानकारी अनुसार गत राति इलाकाको एउटा घरको ग्वालीमा चितुवा पसेर गाईको बच्चा लैजाने प्रयास गर्दा स्थानीय मानिसहरूको आवाज सुनेर उक्त चितुवाले गाईको बच्चा छोडेर भागेको बताइएको छ। आज बिहान इलाकामा चितुवाको पाइलाको छाप देखेपछि गाउँलेहरू आतङ्कित बनेका छन्। घटनाबारे घोषपुकुर वन विभागका खबर गराए तापनि वनकर्मीहरू घटनास्थलमा नआएको स्थानीय मानिसहरूले गुनासो पोखेका छन्। इलाकावासीहरूको आरोप अनुसार उक्त इलाकामा प्रायःजसो हात्तीको आउजाउ हुने गर्दछ। यसैबीच फेरि चितुवाको आतङ्कले मानिसहरू चिन्तित छन्। चाँडै उचित व्यवस्था गरिदिने गाउँलेहरूले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *