राजगञ्ज : राजगञ्जमा झुन्डिएको अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक राजगञ्जको माझियाली अञ्चल इलाका निवासी 20 वर्षीय सहदेव मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान घरदेखि लगभग 1 किलोमिटर टाढामा रहेको एउटा चियाकमान भित्रबाट झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको बताइएको छ। मृतकका परिवारका सदस्यहरूले बताएअनुसार हिजो साँझदेखि सहदेव निखोज थिए भने विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो लागेन। गत राति फोन गरेर तिनले नगरकट्टा गएको परिवारका सदस्यहरूलाई बताएका थिए। तर आज बिहान घरदेखि 1 किलोमिटर टाढामा रहेको चियाकमान भित्रबाट झुन्डिएको अवस्थामा सहदेवको शव उद्धार भएको बताइएको छ। राजगञ्ज थाना पुलिसले घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
