सिलगढी: चियापत्तीको आडमा लाखौँ रुपियाँ मूल्यको बर्मा टिक काठ तस्करी गर्ने योजनालाई एस जीएसटी विभागले विफल बनाइदिएको छ। प्राप्त जानकारी अनुसार एस जीएसटी विभागले गत राति फुलबारी क्यानाल रोड नजिक पानीकौरी टोल प्लाजामा विशेष अभियान चलाएर युपी नम्बर भएको एउटा कन्टेनर रोक्दा चालकले अधिकारीहरूलाई कन्टेनरमा चियापत्ती रहेको बताए। कन्टेनर चालकले चियापत्तीको बिल देखाएपछि जीएसटी अधिकारीहरूलाई सन्देह लागेर उक्त कन्टेनर मतिगढाको परिवहन नगरस्थित जीएसटी कार्यालयमा लगेर छानबीन गर्दा बर्मा टीक काठ उद्धार गरेको बताइएको छ। यसपछि एस जीएसटी अधिकारीहरूले घटनाबारे वन विभागलाई खबर दिएपछि बैकुण्ठपुर डिभिजनको सालुगढा रेञ्जका वनकर्मी तथा अधिकारीहरू घटनास्थलमा पुगेर काठ तस्करी गरेको आरोपमा चालक राहुल खान (30)-लाई पक्राउ गरेको छ। तिनी राजस्थान निवासी हुन्। पक्रा परेका चालकलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। एसजीएसटी विभागले दिएको जानकारी अनुसार उद्धार गरेको काठको अनुमानित बजार मूल्य 12 लाख रुपियाँ तोकेको छ।
North Bengal, Siliguri, Uncategorized
चियापत्तीको आडमा लाखौँ रुपियाँको काठ तस्करी, चालक पक्राउ
14
Mar
Mar