चिया श्रमिकहरूको बढेको 18 रुपियाँ पारिश्रमिक प्रदान गरिनुपर्ने मागमा डुवर्सको चियाकमानहरूमा गेट मीटिङको आयोजना

डुवर्स : चियाकमानका श्रमिकहरूको बढेको 18 रुपियाँ पारिश्रमिक प्रदान गरिनुपर्ने मागमा आज डुवर्सको विभिन्न चियाकमानहरूमा गेट मीटिङको आयोजना गरियो। आज बिहान कालचिनी ब्लकको दलसिंहपाडा, मेचपाडा, चुवापाडा, मालङ्गी, साँतली, सुभाषिनी लगायत विभिन्न चियाकमानहरूमा तृणमूल चियाकमान श्रमिक युनियनले गेट मीटिङको आयोजना गर्यो। स्मरण रहोस्, तृणमूल चियाबागान श्रमिक युनियनले चियाबगानका श्रमिकहरूको दैनिक मजदुरी 18 रुपियाँ बढाउनुपर्ने माग गर्दै गत 25 मईदेखि चियाबगानहरूमा गेट मीटिङको आयोजना आयोजना गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *