नक्सलबारी: भारतीय टी वर्कर्स युनियन नक्सलबारी ब्लक कमिटीको तर्फबाट चिया श्रमिकहरूको हितमा विभिन्न मुद्दालाई लिएर आज ब्हान गेट मिटिङको आयोजना गरियो। उक्त गेट मीटिङमा बीटीडब्लूयु सेन्ट्रल कमिटी सचिव उमा शंकर दुबे, नक्सलबारा ब्लक कमिटी अध्यक्ष जेम्स खालको, सचिव रामा शंकर चौधरी, प्रेम प्रकाश ओझा सहित अन्य कार्यकर्ताहरू उपस्थित थिए। बीटीडब्लूयु नक्सलबारी ब्लक अध्यक्ष जेम्स खाल्कोले दिएको जानकारी अनुसार नक्सलबारी ब्लकमा लगभग 30 हजार चिया श्रमिक विभिन्न चिया कमानमा कार्यरत छन्। तिनीहरूले विभिन्न समस्याको सामना गर्न परिरहेका छन्। यसैलाई मध्य नजर राखेर विभिन्न चिया कमानहरूमा गेट मीटिङको आयोजना गरेर श्रमिकहरूको विविध समस्या सहित स्टाफ तथा सव-स्टाफको वेतनमान शुरू गर्ने, 60 वर्षको उमेर अवकाश गर्नु पर्ने, स्टाफ तथा सव स्टाफहरूको क्वार्टरको मरमति गरिनु पर्ने माग राखिएको तिनले बताए। चिया श्रमिकहरूलाई हक दिलाउनको लागि बीटीडब्लूयु तत्पर रहेको साथै माग पूरा नगरे वृहद आन्दोलन गर्ने अध्यक्ष जेम्स खाल्कोले बताएका छन्।