चियाश्रमिक सुरक्षा समिति मिरिक महकुमाको सभा सम्पन्न

मिरिक : चिया श्रमिक सुरक्षा समिति मिरिक महकुमाको आयोजनामा सौरेनी बजार सार्वजनिक भवनमा एउटा कार्यक्रम गरियो। उक्त कार्यक्रमको अध्यक्षता महकुमा अध्यक्ष तिलक लुंगेलीले गरेका थिए। उक्त कार्यक्रममा केन्द्रीय समितिका अध्यक्ष अधिवक्ता बन्दना राई, सचिव प्रताप खाति विशेष रूपमा उपस्थित थिए। कार्यक्रममा विभिन्न चियाबारीका श्रमिकहरू उपस्थित थिए। उक्त कार्यक्रममा बन्द चियाकमानको महत्वपूर्ण विषय पर्जापट्टा लगायत यस वर्षको पुजा बोनस बारेमा वक्ता तथा श्रमिकहरूले आ-आफ्नो विचार राखे।


उक्त कार्यक्रममै नयाँ सदस्यहरूलाई स्वागत जनाइयो। मिरिक महकुमा चिया श्रमिक सुरक्षा समितिमा नयाँ सदस्यहरू क्रमैले सौरेनी बजारबाट पञ्चायत समिति कर्मध्यक्ष आदित्य प्रधान, घैयाबारीबाट पञ्चायत समिति कर्मध्यक्ष लिली तामाङ, फुवागढीका पञ्चायत सदस्य रोशन लामा, फुवागडीबाट सुरेन घतानी, अरूण रामुदामु, सौरेनी बस्तीबाट इएस तुम्रुकलाई सदस्ता प्रदान गर्दै समितिमा स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL