चकलेटको आडमा रमको तस्करी: लाखौं रूपियाँको विदेशी रम-रक्सी उद्धार, एकजना पक्राउ

सिलगढी, 30 सेप्टेम्बर (निसं): चकलेटको आडमा सिलगढीबाट विदेशी रम-रक्सी बिहारमा तस्करी गर्ने गरेको एउटा मामिला प्रकाशमा आएको छ। सिलगढीको प्रधान नगर पुलिसले चकलेटको आडमा बोतलमा हालेर लगिएको धेरै मात्रामा विदेशी रम-रक्सी जफत गरेको छ। यसै क्रममा एकजना व्यक्तिलाई पनि पक्राउ गरिएको छ। आरोपीको नाम अजय कुमार साह हो भने उनी बिहारको छपरा जिल्ला निवासी भएको बताइएको छ।
प्राप्त जानकारी अनुसार, आइतबार राति प्रधान नगर थाना पुलिसले जंक्शन बस स्ट्यान्डबाट बिहारमा रम-रक्सीको तस्करी भइरहेको गोप्य स्रोतबाट थाहा पाए। यसपछि प्रधान नगर थानाको पुलिसले सादा पोशाकमा जंक्शन बस स्ट्यान्डमा अभियान चलाएर चकलेटको बट्टाभित्रबाट उक्त विदेशी रमहरू उद्धार गरे। जफत गरिएको विदेशी रम- रक्सीको बजार मूल्य लाखौं रुपियाँ रहेको बताइएको छ। आज आरोपीलाई अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom