चकलेटको लोभ देखाएर 8 वर्षीय नानीलाई अपहरण गर्ने प्रयास, एकजना युवक पक्राउ

सिलगढी (निसं): सिलगढी नगर निगमको 46 नम्बर वार्ड अन्तर्गत दार्जिलिङ मोड ग्यास गोडाउन उजानू शिव नगर इलाकामा रातको समय 8 वर्षीय नानीलाई चकलेटको प्रलोभन देखाएर अपहरण गर्ने प्रयास गरेको मामिला प्रकाशमा आएको छ। यस मामिलामा स्थानीय मानिसहरूले नानीलाई अपहरण गर्ने प्रयास गरेको आरोपमा एकजना युवकलाई पक्रिएर मतिगढा थाना पुलिसलाई सुम्पिदिएको छ। उक्त आरोपीको नाम कनाई विश्वास हो।


प्राप्त जानकारी अनुसार गत राति एकजना 8 वर्षीय नानी सामान ल्याउनको लागि घरबाट दोकान गइरहेका थिए। यस अवधि बाटोमा एकजना युवकले चकलेट दिएर बाबा भएकोमा लैजान्छु भन्दै हात पक्रिएर अँध्यारो सुनसान ठाउँमा लैजाने प्रयास गरे। तर उक्त नानी कुनै प्रकारले युवकको हात छोडाएर भाग्न सफल भए अनि आफ्नो घरमा पुगेर परिवारका सदस्यहरूलाई सम्पूर्ण घटनाको जानकारी दिए। यसपछि इलाकाका मानिसहरूले नानीको अपहरण गर्ने प्रयास गरेको घटना सुनेपछि अपहरण गर्ने युवकको खोजी शुरू गरे अनि उक्त युवकलाई भेटेपछि पक्रिए। यसपछि घटनाको सूचना पुलिसलाई दिए। घटनाको खबर पाएपछि पुलिस घटनास्थलमा पुगेर आरोपी युवकलाई पक्रिएर थानामा लिएर गए। उक्त घटनालाई लिएर इलाकामा तनाउको माहौल देखा पऱ्यो। आज आरोपी युवकलाई पुलिसले अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet