चोरी गरेको ग्यास सिलेन्डर सहित 2 जना पक्राउ

सिलगढी (निसं): सिलगढी थाना पुलिसले अभियोग गरेको 12 घण्टाको अवधिमा ग्यास सिलेन्डर चोर्ने 2 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम राज गुहा र दीपक राय बताइएको छ। तीमध्ये राज रथखोला र दीपक सुभाषपल्ली निवासी हुन्। प्राप्त जानकारी अनुसार गत 27 दिसम्बर राति सिलगढी नगरनिगमको 22 नम्बर वार्डस्थित रथखोला इलाकाको एउटा घरमा श्राद्ध कार्यक्रम अवधि घरबाट 2 वटा ग्यास सिलेन्डर चोरी भएको थियो। चोरी भएको दोस्रो दिन परिवारका सदस्यहरूले घटनाबारे सिलगढी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति दुर्गादास कोलनीबाट राज र दीपकलाई पक्राउ गरेको सोधखोज गर्दा चोरी गरेको 2 वटा ग्यास सिलेन्डर पनि उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO