चोरी गरेको समानसहित 3 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले फुलबारी पश्चिम धनतलाको घरमा चोरी भएको घटनामा 3 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू फुलबारी पश्चिम धनतला इलाका निवासी आलियर रहमान, सुरज राई, सौरभ सिकदार सामेल छन्। स्मरण रहोस्, गत मङ्गलबार पश्चिम धनतला निवासी सञ्जय दासको घरमा कोही नभएको समय घरमा रहेको ड्रिल मसिन र एउटा वेल्डिङ मसिन चोरी भएको थियो। यसपछि तिनले घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले गत राति तीनजना युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिसले पक्रा परेका युवकहरूसित सोधखोज गरेर चोरी गरेको समान पनि उद्धार गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *