चोरी गरेको समान सहित 1 जना पक्राउ

सिलगढी (निसं): प्रधाननगर थाना पुलिसले चोरीको मामिलामा एकजना बदमासलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीको नाम विश्वजीत महन्तो बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत बुधबार अबेर राति प्रधाननगर थाना अन्तर्गत चम्पासरी इलाकाको एउटा घरमा चोरी भएको थियो। चोरले उक्त घरबाट हार्डवेयरको समान सहित पानीको मोटर पम्प चोरी गरेर चम्पट कसेको थियो। घर मालिकले चोरी भएको बारे भोलिपल्ट थाहा पाएपछि प्रधाननगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका प्रधान नगर थाना पुलिसले गत राति चम्पासरी इलाकाबाट एकजना युवकलाई पक्राउ गरेर सोधखोध गरेपछि चोरी गरेको समान पनि उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş