चोरी गरेको स्कूटी सहित पक्रा परे 3 जना बदमाश

सिलगढी (निसं): स्कूटी चोरी गरेपछि बदमाशहरूले नम्बर प्लेट खोलेर स्कूटी बिक्री गर्न गइरहेका थिए, तर स्कूटी बेच्न अगावै पुलिसले तीन जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरीको नाम कृष्ण सिंह, गोपाल बर्मन र विजय बर्मन हो।


प्राप्त जानकारी अनुसार शुक्रवार राति पुलिसको भेन खालपाडा आउट पोस्ट अन्तर्गत इलाकामा गश्ती लगाइरहेको थियो। त्यस अवधि पुलिसले तीनजना युवकलाई बिना नम्बर प्लेट भएको स्कूटी लगिरहेको देखे। यसपछि तिनीहरूलाई हिरासतमा लिएर सोधखोज गर्दा तिनीहरूको कुरामा सन्देह लाग्यो। यसपछि तिनीहरूलाई खालपाडा आउट पोस्टमा लगियो, जहाँ पुलिसले सोधखोज गर्दा उक्त स्कूटी चोरी गरेको थाहा पाए। यसपछि तीनै जनालाई पुलिसले पक्राउ गऱ्यो। पुलिस सूत्र अनुसार स्कूटी मतिगढा थाना अन्तर्गत पात्थरघटा इलाकाबाट चोरी भएको थियो। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *