चोरी गरेको ट्रकसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले हिजो चोरी भएको ट्रक सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति फुलबारी बसुन्धरा आवासन निवासी मङ्गल रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 25 दिसम्बरको दिन भक्तिनगर निवासी किशोर पासवानबाट मङ्गल विश्वास र लक्षण रायले ट्रक भाडामा लगेका थिए। यसको दुई दिनपछि ती दुई व्यक्तिले उक्त ट्रक फिर्ता लिनको लागि किशोर पासवानसित रुपियाँको माग गरेको बताइएको छ।


यसपछि गत 2 जनवरीको दिन तिनले एनजेपी थानामा ट्रक चोरी भएकोबारे अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो आरोपी मङ्गल रायलाई पक्राउ गरे। आरोपीसित सोधखोज गरेर पुलिसले चोरी भएको ट्रक फुलबारीको पश्चिम धनतलाबाट उद्धार गर्नको साथै अन्य आरोपी व्यक्तिको खोजी शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *