सिलगढी : मतिगढा थाना अन्तर्गत इलाकाको एउटा घरमा कोही सदस्य नभएको फाइदा उठाएर चोरी गर्ने युवकलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेका युवक दार्जिलिङ निवासी रोहन छेत्रीको रूपमा चिन्हित गरिएको छ। रोहन छेत्रीले नशालु पदार्थ सेवन गर्ने गरेकोले नशाको लत पुरा गर्नको लागि तिनले चोरी गर्ने गर्दथे। प्राप्त जानकारी अनुसार मतिगढा थाना अन्तर्गत खप्रेल इलाकास्थित एउटा घरमा कोही सदस्य नरहेको फाइदा उठाएर गत 15-17 मईको बिचमा चोरीको घटना घटेको थियो। गत 23 मईमा परिवारका सदस्यहरू घरमा पुगेपछि चोरी भएको बारे थाहा पाएपछि मतिगढा थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत 24 मईमा रोहन छेत्रीलाई पक्राउ गरेर सिलगढी अदालतमा पेश गरेपछि 5 दिनको पुलिस हिरासतमा लिएर सोधखोज गर्दा चोरी गरेको केही समानहरू पनि उद्धार गरेको छ। रिमान्डको अवधि पुरा भएपछि पुलिसले आरोपीलाई आज फेरि सिलगढी अदालतमा पेश गर्यो।