छोरीको बिहेको अघि रक्तदान शिविरको आयोजना गरे बाबाले

राजगञ्ज, 17 अक्टोबर: छोरीको बिहे अघि स्वेच्छिक रगतदान शिविरको आयोजना गरे बुबाले। बिहीबार राजगञ्ज ब्लकको बिन्नागुड़ी ग्राम पञ्चायतको आमबाडी नजिकै साहेबपाडामा उक्त रक्तदान शिविरको आयोजना गरियो। अबको केही दिनमा नै साहेबपाडाका वासिन्दा अनारुल हककी छोरी अनफिसा हकको बिहे हुने भएको छ। आफ्नो बिहेको अगाडी छोरीले बुबासँग रगतको समस्या समाधान गर्ने उद्देश्य लिएर स्वेच्छिक रगतदान शिविर गर्ने आग्रह गरिन्। छोरीको आग्रहमा बुबा अनारुल हकले बिहीबार घरको अगाडी स्वेच्छिक रगतदान शिविरको आयोजना गरे। उक्त रक्तदान शिविरमा सामाजिक संस्थाका सदस्यहरू लगायत स्थानीय केही मानिसहरूले रक्तदान गरे। उक्त संग्रहित रगत सिलगढी ब्लड ब्याङ्कमा पठाइने भएको छ। रगतदानसँगै यस दिन रूखका बिरुवाहरू पनि वितरण गरियो।
उक्त रक्तदान शिविरमा राजगञ्जका विधायक खगेश्वर राय, पद्मश्री प्राप्त करिमुल हक, अहिदार रहमान, अमित सरकार लगायत अन्य व्यक्तिहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/