चोरीको गाड़ी किन-बेच गरेको आरोपमा सिलगढीबाट दुई जना पक्राउ

सिलगढी: मतिगढा थानाको पुलिसले सेतो पोशाकमा चोरी गरेर गाडी किन-बेच गरेको मामिलामा दुईजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा रोशन कुमार (25) र विश्वजीत दास (48) सामेल छन्। रोशन कुमार बिहार समस्तीपुर निवासी अनि विश्वजीत दास सिलगढीको बाघाजतिन कलोनी निवासी रहेको बताइएको छ। पुलिसले दुवै आरोपीलाई चोरी गरेको गाड़ी किन-बेच गरेको आरोपमा मामिला गर्ता गरेर आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार, मतिगढा थाना पुलिसले गत केही समय अघिदेखि गाड़ी चोरी भएको मामिला बारे जाँच गरिरहेकोले छानबीन अवधि पुलिसले गाड़ी चोरी गर्ने नेटवर्कको छनक पायो। यसपछि अझ गहनताको साथमा सादा पोशाकमा पुलिसले जाँच शुरू गर्दा बिहार र सिलगढी बीच गाड़ी चोरी गर्ने एउटा गिरोहले सक्रिय रूपमा काम गरिरहेको थाहा पाए। उक्त गिरोहले बिहारबाट मालवाही तथा अन्य गाड़ीहरू चोरेर सिलगढी ल्याउथे। त्यसपछि सिलगढीको परिवहन नगर स्थित एउटा ग्यारेजमा चोरी गरेर ल्याएको गाड़ीहरू मडिफाई गरेर त्यसको नम्बर फेरेर नकली वेस्ट बङ्गालको नम्बर लगाएर त्यस गाड़ीलाई दुईगुणा दाममा बिक्री गर्ने गर्दथे। गत राति परिवहन नगर स्थित उक्त ग्यारेजमा मतिगढा ताना पुलिसले सादा पोशाकमा अभियान चलाएर दुईजना विश्वजीत दास र रोशन कुमारलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी रोशन कुमारले बिहारबाट गाड़ीहरू चोरेर ल्याउथे अनि सिलगढी परिवहन नगरस्थित ग्यारेजको मालिक विश्वजीत दासलाई बिक्री गर्दथे। पुलिस गत राति उक्त ग्यारेजबाट चोरी गरेर ल्याएको दुई वटा मालवाहक पिकअप भ्यान पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom 760 girişjojobetCasibom GirişJojobet GirişcasibomCasibomMeritking GirişBets10holiganbet girişbaywingrandpashabet giriş