चोरीको मामिलामा 4 जना पक्रा परेपछि अदालतमा पेश

सिलगढी : सिलगढीको भक्तिनगर थाना पुलिसले अभियान चलाएर चोरी गरेको आरोपमा बिजय कुमार महतो (21), अजित तिवारी (24), र राजू भगतलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा बिजय र अजित प्रकाश नगर निवासी अनि राजू चम्पासारी निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार यी तीनजनाले 43 नम्बर वार्ड शहीद नगर मोड़ नजिक गत 19 दिसम्बरको राति स्पेयर पार्ट्सको दोकानमा चोरी गरेको अभियोग रहेको छ। उक्त चोरी गरेको समानहरू प्रधान नगर थाना अन्तर्गत कुलीपाड़ा निवासी मोहम्मद इरफानलाई दिएका थिए। चोरीको घटनाबारे थानामा अभियोग दर्ता गरेपछि भक्तिनगर नगर थाना पुलिसले मामिलाको जाँच शुरू गरेपछि हिज साँझ तीनजनालाई पक्राउ गरेको बताइएको छ। यसपछि सोधखोजको क्रममा मोहम्मद इरफानको नाम अघि आएपछि तिनलाई पनि पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने चारैजनालाई आज भक्ति नगर थाना पुलिसले  जलपाइगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet girişbetist