सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत विभिन्न थाना इलाकाबाट चोरी तथा छिनताई भएको लगभग 108 वटा मोबाइल पुलिसले उद्धार गरेर यसको असली मालिकलाई फिर्ता दिएको छ। स्मरण रहोस्, गत 3 महीनामा बाघडुग्रा, मतिगढा, भक्ति नगर र सिलगढी थाना इलाकामा लगातार मोबाइल चोरी तथा छिनताईको घटना बढ्दै गइरहेको छ भने यसबारे धेरैजना मानिसहरूले थानामा अभियोग दर्ता गराएका थिए। अभियोगको आधारमा पुलिसले जाँच शुरू गरेपछि सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत बाघडुग्रा, मतिगढा, भक्ति नगर र सिलगढी थानाले लगभग 108 वटा मोबाइल उद्धार गरेपछि ती मोबाइलहरू असली मालिकलाई सुम्पिदिएको छ। मोबाइल फिर्ता पाएपछि धेरैजना मानिसहरूको अनुहारमा खुसी देखियो।