चोरी भएको सर-सामानसहित 2 जना चोर पक्राउ

बाघडुग्रा (निसं): बाघडुग्रा थाना पुलिसले 12 दिनको अवधिमा चोरी भेको समान सहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा  विजय कल्याण टोप्पो (30) र राहुल कुजूर (25) सामेल छन्। प्राप्त जानकारी अनुसार, गत 1 मईको दिन फाँसीदेवास्थित भोजननारायण चिया बगानका सहायक म्यानेजरको खाली घरमा चोरी भएको थियो।  घटना पछि सहायक म्यानेजर परेश चन्द्र सरकारले बाघडुग्रा थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले आइतबार भोजननारायण चिया बगान झारी लाइनबाट युवकहरूलाई पक्राउ गरेको छ। तिनीहरूबाट पुलिसले चोरी भएको टीभी, ग्यास चूल्हा सहित 2 वटा ग्यास सिलेन्डर उद्धार गरेको छ। आज पक्रा परेका आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो।  पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *