चोरलाई हिरासतमा लिएर पुलिसले चोरी गरेका सुन-चाँदीका गहना, नगद सहित सामानहरू गऱ्यो उद्धार

सिलगढी,16 सितम्बर (निसं): सिलगढीको प्रधान नगर थाना पुलिसले चोरी गरेको आरोपमा एक जना चोरलाई पक्राउ गर्नको साथै चोरीको सामान पनि उद्धार गरेको छ। पक्रा पर्ने आरोपीको नाम प्रकाश कुमार शर्मा (20) हो। तिनी गुरूङ बस्ती निवासी बताइएको छ। स्मरण रहोस, गत 7 सितम्बर गुरूङ बस्ती इलाकाको एउटा घरमा कोही नभएको समय चोरी भएपछि यसबारे घर मालिकले 10 सितम्बरको दिन प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। यसपछि जाँचमा जुटेको पुलिसले सीसीटीभी फुटेजको सहयोगमा सादा पोशाकमा चोर प्रकाश कुमारलाई गुरूङ बस्ती बजारबाट पक्राउ गरे। यसपछि 11 सितम्बर तिनलाई सिलगढी अदालतमा पेश गरेपछि 5 दिन पुलिस रिमान्डमा लिएर सोधखोज गरे। सोधखोज पछि आइतबार राति पुलिसले घरबाट चोरी गरेको सुन- चाँदीका गहनाहरू, नगदी सहित सबै सामान आरोपीको घरबाट उद्धार गऱ्यो। आरोपीलाई फेरि आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom