चोपडा प्रताडित जोडीले बातचित गर्न अस्वीकार, दिल्ली फर्किए राज्यपाल सीभी आनन्द बोस

सिलगढी (निसं): राज्यपाल सीभी आनन्द बोस सिलगढीको स्टेट गेस्ट हाउसबाट आज दिल्लीतर्फ प्रस्थान गरे। दिल्ली फर्किन अघि राज्यपालले बाघडुग्रा एयरपोर्टमा राज्य सरकार विरूद्ध आक्रोश व्यक्त गरे।


स्मरण रहोस, राज्यपालको आज चोपडा जाने पूर्व निर्धारित कार्यक्रम रहेको थियो तर प्रताडित जोडीले केही पनि कुराकानी नगर्ने भएको थाहा पाएपछि राज्यपालले आफ्नो कार्यक्रम परिवर्तन गरिदिए।  बाघडुग्रा एयरपोर्टमा पत्रकारहरूलाई सम्बोधन गर्दै राज्यपालले भने, राजभवनको दैलो सबै पीडितहरू साथै अन्य सबैका लागि सधैं खुल्ला रहेको छ। कुनै पनि व्यक्तिले डर नमानी आएर आफ्नो कुराकानी गर्न सक्नेछन्। यसैगरी, तिनले  राज्य सरकार विरूद्ध आक्रोश व्यक्त गर्दै भने, मुख्यमन्त्री ममता ब्यानर्जीको बंगालमा महिलाहरू सुरक्षित छैनन्। यो रिपोर्ट केन्द्रलाई सुम्पिने छु।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *