चुनाउ ड्युटीमा बस खटाइएकोले सिलगढीको स्ट्यान्डमा बसको समस्या, मतदाताहरू घर जानको लागि बसको प्रतीक्षामा

सिलगढी : राज्यमा भोलि शनिबार पञ्चायत चुनाउ सम्पन्न हुने भएकोले यसलाई लिएर सबै ठाउँमा तयारी पुरा भइसकेको छ। तर सिलगढी जङ्क्सनमा धेरै संख्यामा मतदाताहरू फँसेका छन्। एनबीएसटीसी-का बस ड्राइभर र खलासीले बताएअनुसार मतदानलाई ध्यानमा राखेर चुनाउ आयोगले केही बसहरू चुनावी कार्यको लागि लिएकोले गर्दा हाल बसको संख्या कम्ती भएको छ। पञ्चायत चुनाउले गर्दा आज मतदान गर्न जाने यात्रीहरूको संख्या पनि निक्कै बढेको छ। बसहरूको संख्या कम्ती भएकोले गर्दा बस स्ट्यान्डमा यात्रीहरूले घण्टौँसम्म बसको प्रतीक्षा गरिरहेका छन्। आज एनबीएसटीसी बस स्ट्यान्ड यात्रीहरूले भरिएको छ।


कुचबिहार, अलिपुरद्वार, फालाकाटा, माथाभाङ्गा, जलपाईगढी, रायगञ्ज सहित अन्य ठाउमा जानको लागि यात्रीहरूले बस पाइरहेका छैनन्। सफर गरिरहेको बसहरूमा पनि यात्रीहरूको संख्या अधिक रहेकोले खुट्टा राख्ने ठाउँ समेत नभएको बताइएको छ। यस विषयमा यात्रीहरूसित कुराकानी गर्दा तिनीहरूले भने, भोलि पञ्चायत चुनाउ हो तर घर जानको लागि बस पाएका छैनौँ। यस्तो स्थितिमा कसरी आफ्नो मतदान खसाल्नु भन्ने चिन्ता सताइरहेको छ। एउटी महिला यात्रीले बताएअनुसार आज बिहानदेखि नै तिनी बसको टिकट लिनको लागि लाइनमा उभिरहेकी थिइन् भने दिउँसो भइसक्दा पनि तिनले बसको टिकट पाएकी छैनन्। आज एनबीएसटीसी बस स्ट्यान्डमा सयौँ यात्रीहरू बसको प्रतीक्षामा चिन्तित देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş