सिलगढी : वाम-कङ्ग्रेस गठनबन्धनको सिलगढी विधानसभा आसनका प्रार्थी अशोक भट्टाचार्यले आज सिलगढीको 4 नम्बर वार्डको ज्योतिनगर, ट्युमलपाड़ा लगायत विभिन्न इलाकाहरूमा चुनाउ प्रचार गरे। यसपछि तिनी पूर्व वामपन्थी नेता तथा वर्तमान तृणमूल वार्ड को-अडिनेटर परिमल मित्रको घरमा गएर तिनका परिवारका सदस्यहरूसित कुराकानी गर्दै आफूलाई समर्थन गर्ने अपील पनि गरे। यस सम्बन्धमा अशोक भट्टचार्यले भने, परिमल मित्रलाई धेरै समय अघिदेखि चिनेको साथै तिनी पहिला वामपन्थी थिए। यसैले म आज तिनको घरमा गएर परिवारका सदस्यहरूसित भेट गर्दै आफूलाई समर्थन गर्ने अपील पनि गरे। अर्कोतिर, वर्तमान तृणमूल नेता परिमल मित्रले बताएअनुसार अशोक भट्टाचार्यसित मेरो पहिलादेखि नै चिनाजानी रहेकोले गर्दा आज तिनी मेरो घरमा आएर परिवारका सदस्यहरूसित कुराकानी गरे। तर अब म तृणमूल नेता हुँ। यसैले आउँदो विधानसभा चुनाउमा तृणमूलले नै जीत हासिल गरेर राज्यभरिमै फेरि तृणमूल कङ्ग्रेस सत्तामा आओस् भन्ने चाहना रहेको तिनले बताए।