दार्जिलिङ: चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत रामजी पर्मागुढी दोकान डाँडा गाँउबाट 30 घर परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा समाते। चुङथुङ मेरीबुङ तामसाङ समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टि संयोजक सन्दीप छेत्री, दार्जिलिङ महकुमा समिति युवा शक्ति अध्यक्ष अरूण छेत्री लगायत समष्टिका वरिष्ट नेताहरूको उपस्थितिमा आज दोकान डाँडाका 30 परिवारले दलीय झण्डा ग्रहण गरे। आजको सभामा दोकान डाँडा शाखा गठन गरियो, जसमा सभापति प्रदिप राई, उपाध्यक्ष पर्शुराम राई, सचिव अरूण सुब्बा, सहसचिव कमल सुब्बा, कोषाध्यक्ष सौरभ राई लगायत 17 जनाको समिति गठन गरियो। समर्थन कार्यक्रम अवधि प्रदिप राईले पार्टीका केन्द्रीय अध्यक्ष अनित थापाको असल कार्यलाई साथ दिनुको लागि नै आफुहरू पार्टीमा सामेल भएको बताए।
