चुङथुङ ग्राम पञ्चायत कार्यालयमा ‘द्वारे सरकार’ शिविर

बिजनबारी : पश्चिम बंगाल सरकारद्वारा चलाइरहेको द्वारे सरकार’ (दैलोमा सरकार) दोस्रो चरणको कार्यक्रम अन्तर्गत चुङथुङ ग्राम पञ्चायत कार्यालयअघि आज बिहानैदेखि धेरै संख्यामा मानिसहरू लाइनमा उभिएर आफ्नो पालो पर्खिरहेको देखियो। पहिलो चरणभन्दा आज दोस्रो चरणमा स्वास्थ्य साथी योजनाले गर्दा मानिसहरूको निक्कै भीड़ रहेको पञ्चायत कर्मी किरण लामाले बताए। तिनले बताएअनुसार गत 4 दिसम्बरमा पहिलो चरणको कार्यक्रममा 98 जनाले पञ्जीकरण गराएका थिए। आगामी 4 अनि 20 जनवरीमा तेस्रो अनि चौथो चरणको कार्यक्रम गरिनेबारे तिनलाई माइकिङको माध्यमद्वारा सबैलाई जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *