कलेजमा प्रवेश शुल्क कम्ती गरिनुपर्ने मागमा राजगञ्ज कलेजमा तृणमूल-द्वारा विरोध प्रदर्शन

राजगञ्ज : कलेजमा प्रवेश शुल्क कम्ती गरिनुपर्ने मागमा राजगञ्ज कलेजमा तृणमूल छात्र परिषदले विरोध प्रदर्शन गर्यो। तृणमूल छात्र परिषदको राजगञ्ज कलेज युनिटको तर्फबाट आज विरोध प्रदर्शन गर्नको साथै कलेजका प्रिन्सिपललाई एउटा ज्ञापन पत्र पनि चढाए। यस सम्बन्ध राजगञ्ज ब्लक तृणमूल छात्र परिषदका अध्यक्ष मेहेबुब आलमले बताएअनुसार राजगञ्ज कलेजको प्रवेश शुल्क कम्ती गर्ने मागमा आज आफूहरूद्वारा विरोध प्रदर्शन गरेको हो। राजगञ्ज कलेजको प्रवेश शुल्क उत्तर बंगाल विश्वविद्यालयको अन्य कलेजहरूको तुलनामा निक्कै अधिक छ। यसैले आज कलेजको प्रवेश शुल्क कम्ती गर्ने मागमा विरोध प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र चढाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *