कन्टेनरबाट 54 वटा भैँसी उद्धार, 10 जना पक्राउ

सिलगढी : बीएसएफ-ले कन्टेनरबाट 54 वटा भैँसी उद्धार गरेको छ भने घटनामा 10 जनालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार उत्तर दिनाजपुर जिल्लाबाट सिलगढी, फुलबारी हुँदै भैँसी बोकेको एउटा कन्टेनर जलपाईगढीतर्फ गइरहेको थियो। गोप्य सूचनाको आधारमा बीएसएफ-ले फुलबारी टोल ट्याक्स नजिक अभियान चलाएर एउटा कन्टेनरलाई रोकेर छानबीन गर्दा 54 वटा भैँसी उद्धार गर्नको साथै 10 जना तस्करलाई पक्राउ गरेको बताइएको छ।


यसपछि बीएसएफ-ले उद्धार गरेको भैँसी सहित आरोपीहरूलाई एनजेपी थाना पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobet