कुचबिहार : कुचबिहारको एबीएन शील कलेजको सिस्टर निवेदिता गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा एकजना छात्राको शव उद्धार भएको छ। मृतक छात्रा निवेदिता सरकारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतक छात्रा निवेदिता सरकार कुचबिहारको एबीएन शील कलेजको दर्शन विभागको तृतीय वर्षको छात्रा हुन् भने तिनी अलिपुरद्वार जिल्लाको जटेश्वर निवासी हुन्। आज बिहान अन्य छात्राहरूले होस्टेलमा झुन्डिएको अवस्थामा निवेदितालाई देखे। घटनाको खबर पाएर कुचबिहार कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।