कुचबिहारको विभिन्न विकासमूलक कार्यको मन्त्री सबिना यास्मिनद्वारा निरीक्षण

कुचबिहार : उत्तरबंग विकास विभागको पहलमा कुचबिहार जिल्लामा विभिन्न विकासमूलक कार्य भइरहेको छ। आज ती कार्यहरूको उत्तरबंग विकास विभागका मन्त्री सबिना यास्मिनले निरीक्षण गरिन्। कुचबिहार रवीन्द्र भवनको आधुनिकीकरण, पञ्चानन बर्मा विश्वविद्यालयको छात्रावास, प्रशासनिक भवन, न्यु कुचबिहार ट्रक स्ट्यान्ड भवन, उत्तरबंग कृषि विश्वविद्यालयको 2 वटा बिल्डिङ लगायत कुचबिहार महाराजा जीतेन्द्र नारायण मेडिकल कलेज एवम् अस्पतालको कार्यको तिनले आज निरीक्षण गरिन्। निरीक्षण पछि सबिना यास्मिनले भनिन्, टेक्निकल समस्याले गर्दा उत्तरबंग विकास विभागको अधीनमा भइरहेको केही कार्यहरू हाल रोकिएको छ भने ती कार्यहरू चाँडै पुरा गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *