कोरोनाबारे मिरिकमा व्यवसाय संगठनसित प्रशासनिक बैठक

मिरिक : मिरिकमा कोभिड 19-को संक्रमणलाई फैलिन नदिन साथै बजारलाई सुरक्षित राख्न यहाँको व्यवसाय वेलफेयर संगठनसित आज एउटा प्रशासनिक बैठक सम्पन्न भयो। बैठकमा उपस्थित सबैले मिरिकमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनमा व्यापारीवर्ग अनि बजारवासीले महत्वपूर्ण भूमिका निभाउनु पर्ने बताए। बैठकमा महकुमा अधिकारी अश्विनी कुमार रोय, स्वस्थ्य अधिकारी डा टाँशी लामा, नगर प्रशासक एलबी राई आदिले प्रशासनिक पक्षबाट भइरहेको पहलहरूमाथि प्रकाश पार्दै बजारमा भित्रिने सबै सर-सामानहरू सेनिटाइज गर्ने, साग-सब्जी, फल-फुलहरू सेनिटाइज गरेर केही दिन राखेपछि मात्र बिक्री गर्ने आग्रह गरियो। यसको साथै बजारमा ग्राहकहरूलाई  सामाजिक दूरीमा राख्ने, बजारमा भीड गर्न नदिने साथै व्यवसायीहरू आफैले भोलेन्टियर गरेर सिलगढीमा बढ्दो कोरोना संक्रमणलाई गम्भीरताको साथमा लिँदै मिरिकमा कोरोना संक्रमण भित्रिन नदिनको लागि सक्रिय कार्य गर्ने व्यापारीहरूलाई प्रशासनिक पक्षबाट अपील पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibom