सिलगढी : कोरोना महामारीबारे साधारण मानिसहरूलाई सचेतन गर्ने उद्देश्य लिएर आज सिलगढी नगरनिगमको 29 नम्बर वार्ड तृणमूल कांग्रेसले बाइक र्यालीको आयोजना गर्यो। उक्त बाइक र्याली 29 नम्बर वार्डको तृणमूल कांग्रेस पार्टी कार्यालय अघिबाट शुरू गरेर वार्डभरि माइकिङको माध्यमद्वारा कोरोना भाइरसको संक्रमणबाट कसरी बाँच्न सकिन्छ, यसबाट बाँच्न के-के उपाय अप्नाउनुपर्ने आदि जस्ता उपायहरूबारे साधारण मानिसहरूलाई जागरूक गराइयो। उक्त बाइक र्यालीमा 29 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीका सभापति मृणालकान्ति चौधरी लगायत दलका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।